मलेसियाबाट अस्तुसहित १९ वटा शव आयो

होम कार्की, तस्बिर : दीपक केसी

काठमाडौँ — मलेसियामा डिसेम्बर महिनामा मृत्यु भएका नेपाली श्रमिकको शव काठमाडौं आइपुगेको छ । एक जनाको अस्तुसहित १९ जनाको शव आइपुगेको हो ।

वैदेशिक रोजगार बोर्डका अनुसार ती शवलाई नेपाल एयरलाइन्सले बिहान ८:३० बजे त्रिभुवन विमानस्थलमा ल्याइपुर्‍याएको थियो । परिवारको आग्रहमा नेपाली दूतावासले उतै दाहसंस्कार गरी निजगढका वीरबहादुर तामाङको अस्तु मात्रै पठाएको छ ।

बाँकेका तिर्थराम लोनिया, पाँचथरका सुन्दर राई, लक्ष्मीकुमार माझी, सिन्धुपाल्चोकका कालु तामाङ, अजय भण्डारी, झापाका लिलाबहादुर खड्का, बिष्णुकुमार चौधरी, धनकुटाका भीमबहादुर मगर, सिन्धुलीका सूर्यबहादुर तामाङ, काभ्रेका अजय तामाङ, नुवाकोटका मिलन लामा तामाङ, ताप्लेजुङका धनबहादुर बिके, नेत्रप्रसाद भट्टराई, रौतहटका विरेन्द्र राउत कुर्मी, पर्साका अझिर खान पैठाहान, इटहरीका मोहम्मद मिस्तार, मोरङा रामकुमार मुदियारको शव आएको हो ।

उनीहरुको विभिन्न कारणले डिसेम्बर ५ देखि २८ भित्र ज्यान गएको हो । जनवरी महिनामा मृत्यु भएका अझै १६ जनाको शव आउन बाँकी छ । कोरोना महामारीले मलेसियामा लकडाउन भएकोले शव पठाउन कठिन भएको नेपाली दूतावासले जनाएको छ ।


प्रकाशित : माघ १०, २०७७ १४:२८
प्रतिक्रिया
पठाउनुहोस्

प्रतिनिधिसभा विघटनविरुद्ध नागरिक आन्दोलन [तस्बिरहरु]

तस्बिर : केशव थापा

काठमाडौँ — प्रतिनिधिसभा विघटनविरुद्ध बृहत् नागरिक आन्दोलन समूह तथा चिकित्सा शिक्षा सुधार अभियन्ता गोविन्द केसीसहितको समूहले माइतीघरमा शनिबार प्रदर्शन गरेका छन् । प्रदर्शनमा 'संवैधानिक सर्वोच्चता कायम गर, संवैधानिक निकायको कब्जा बन्द गर, असंवैधानिक नियुक्ति खारेज गर, नागरिक अघि बढ्दैछ, सर्वसत्तावाद ढल्दैछ, ओली सरकारको स्वेच्छाचारी कदमको अवज्ञा गरौं' लेखिएको प्लेकार्ड देखाइएको थियो । हरेक शनिबार नागरिक अगुवाहरू माइतीघर मण्डलामा भेला भएर विरोध गर्दै आइरहेका छन् । प्रतिगमनविरूद्ध बृहत् नागरिक आन्दोलनले आन्दोलन अझ सशक्त बनाउँदै सोमबार २ बजे कमलपोखरीबाट जुलुस निकाल्दै बालुवाटार पुग्ने निर्णय सुनाएको थियो ।


प्रकाशित : माघ १०, २०७७ १४:२२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×