१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

प्रतिनिधिसभा विघटनविरुद्ध दाहाल-नेपाल समूहको शक्ति प्रदर्शन [तस्बिरहरू]

तस्बिर : अंगद ढकाल, तस्बिर : कविन अधिकारी

काठमाडौँ — नेकपाको दाहाल–नेपाल समूहले प्रतिनिधिसभा विघटनको विरोधमा शुक्रबार काठमाडौंमा विरोध प्रदर्शन सुरु गरेको छ । पार्टीका नेता–कार्यकर्ता उपत्यकाका विभिन्न ९ स्थानमा जम्मा भएर जुलुस निकालेका छन् ।

सबै र्‍यालीका सहभागीहरू नगर परिक्रमा गर्दै भृकुटीमण्डपमा भेला भएपछि विरोधसभा गर्ने तयारी छ । विरोधसभा अंग्रेजी अक्षर ‘टी’ आकारमा सञ्चालन गरिने जनाइएको छ । जुलुसका कारण उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ

नेकपाले शुक्रबारको विरोधसभाका लागि निर्देशिका जारी गर्दै निर्धारित नाराहरू मात्र लगाउन कार्यकर्तालाई आग्रह गरेको थियो । माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपन्डोल, प्रदर्शनीमार्ग, शान्तिवाटिका, त्रिचन्द्र कलेजबाट निकालिएका जुलुसलाई विभिन्न नेताले नेतृत्व गरेका छन् ।

विराेधसभामा अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल लगायतले सम्बोधन गर्दै छन् । विरोधसभामा एक लाख मानिस उतार्ने दहाल–नेपाल समूहको दाबी छ ।


प्रकाशित : माघ ९, २०७७ १३:५२
प्रतिक्रिया
पठाउनुहोस्