सेतो मत्स्येन्द्रनाथको महास्नान [तस्बिरहरु]


काठमाडौँ — काठमाडौंको जन बहा: स्थित कनकचैत्य महाविहारमा बिहीबार पौष शुक्ल अष्टमीका दिन सेतो मत्स्येन्द्रनाथलाई महास्नान गराइएको छ । सेतो मत्स्येन्द्रनाथलाई हरेक वर्ष पौष शुक्ल अष्टमीको दिन स्नान गराउने प्रचलन छ । स्नानक्रममा तलेजुको प्रतिनिधि स्वरूप कुमारीलाई पनि कनकचैत्य लैजाने चलन छ । दूध, घिउ मिसाएको जलले मत्स्येन्द्रनाथको स्नान गराउने चलन छ । मत्स्येन्द्रनाथलाई दुई पटक चिसो र एक पटक तातो पानीले स्नान गराउने चलन छ ।









