१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

प्रतिनिधिसभा विघटनको विरोधमा सडकमै ‘नमुना संसद्’ [तस्बिरहरू]

तस्बिर : कविन अधिकारी

काठमाडौँ — प्रतिनिधिसभा विघटनको विरोधमा बुधबार विद्यार्थीहरूले राजधानीमा ‘नमुना संसद्’ आयोजना गरेका छन् । नेपाल टिन लिडर्सले पुतलीसडकस्थित पद्मोदय मोडमा सडकमै राष्ट्रिय सभाको सांकेतिक बैठक राखेको हो । सहभागीहरूले ६ दशक लामो त्याग र बलिदानबाट प्राप्त संविधानसभाले बनाएको संविधानको मूल मर्म नै सुधारिएको संसदीय व्यवस्था रहेको जनाउँदै संविधान बचाउनु सबैको कर्तव्य रहेकोमा जोड दिएका छन् ।

प्रतिनिधिसभा नभएको अवस्थामा राष्ट्रिय सभाकै सांकेतिक बैठक राखेर सरकारलाई खबरदारी गरिएको संस्थाका प्रतिनिधि विशाल केसीले बताए । कार्यक्रममा १२ कक्षा पास गरेर बसेका विद्यार्थीहरू सहभागी भएको उनले जानकारी दिए ।

मन्त्रिपरिषद्को सिफारिसमा पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन् । प्रधानमन्त्री केपी शर्मा ओलीको उक्त कदम असंवैधानिक रहेको भन्दै नागरिक समाजदेखि राजनीतिक दलहरूसमेत विरोधमा छन् ।


प्रकाशित : माघ ७, २०७७ १२:००
प्रतिक्रिया
पठाउनुहोस्