'सिमेन्ट र डण्डीको कमल हामीलाई चाहिँदैन'

तस्बिर : सन्जोग मानन्धर

काठमाडौँ — कमलपोखरीलाई सुन्दर बनाउने नाममा काठमाडौं महानगरपालिले कंक्रिटको जथाभावी प्रयोग गरेको भन्दै सम्पदा र पर्यावरणप्रति सचेत समूहले मंगलबार काठमाडाैं महानगरपालिका कार्यालय अगाडि प्रदर्शन गरेका छन् । 'सिमेन्ट र डण्डीको कमल हामीलाई चाहिँदैन ।', 'सम्पदा पुनर्निर्माणमा रानिपोखरीबाट पाठ नसिकेकोमा हामीलाई लज्जाबोध भएको छ ।', 'जीवनका आधारभूत वस्तु माटाे र पानीसँग हाम्रो आत्मियता छ । यसलाई बचाऊ ।', 'प्रकृतिको दोहन बन्द गर, दुर्लभ सिमसारको संरक्षण गर ।' लगायतका नारा लेखिएका प्लेकार्ड बोकी उनीहरुले प्रदर्शन गरेका थिए । कमलपोखरीको निर्माण कार्य रोकी मौलिक स्वरूपकै पोखरी बनाउनुपर्ने माग राख्दै उनीहरुले केही समयअघिदेखि प्रदर्शन गर्दै आएका छन्  ।


प्रकाशित : माघ ६, २०७७ १६:३५
प्रतिक्रिया
पठाउनुहोस्