प्रतिनिधिसभा विघटनविरुद्ध केश मुण्डन गरी प्रदर्शन [तस्बिरहरु]

तस्बिर: प्रकाशचन्द्र तिमिल्सेना

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरेको भन्दै नेविसंघका कार्यकर्ताहरुले केश मुण्डन गरेर प्रदर्शन गरेका छन् । काठमाडौंको ज्ञानेश्वरबाट सुरु भएको उनीहरुको विरोध र्‍याली कमल पोखरीमा पुगेपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको छ । प्रदर्शनकारीहरुले प्रतिनिधिसभा विघटनविरुद्ध तथा नेकपा सरकारविरुद्ध विभिन्न नारा लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका थिए ।


प्रकाशित : माघ ६, २०७७ १६:१४
प्रतिक्रिया
पठाउनुहोस्