रानीपोखरीको सरसफाइ थालियो [तस्बिरहरु]

तस्बिर : अंगद ढकाल

काठमाडौँ — केही समयअघि मात्रै पुनर्निर्माण सकिएको रानीपोखरीमा लेउ लागेर कुरुप बनेको छ । समय समयमा सरसफाइ नहुँदा पोखरीमा लेउ र फोहर जम्मा भएको थियो । जनस्तर तथा सामाजिक सञ्जालहरुमा व्यापक विरोध हुन थालेपछि महानगर प्रहरीले जाल प्रयोग गरी पानी माथिको लेउ हटाउन सुरु गरेको छ । 'अहिले हामीले पानीमाथि तैरिरहेको लेउमात्र निकाल्दै छौं । जरैबाट लेउ निकाल्न धेरै गाह्रो छ । हामीसँग अहिले त्यस किसिमको उपकरण पनि छैन ।’ लेउ निकाल्न खटिरहेका एक नगर प्रहरीले बताए । हिजो(आइतबार) र आज (सोमबार) गरी दुई दिनदेखि नगर प्रहरीहरु पोखरीको सफाइमा खटिरहेका छन् ।


प्रकाशित : माघ ५, २०७७ १७:३२
प्रतिक्रिया
पठाउनुहोस्