साताका ७ तस्बिर

कान्तिपुर संवाददाता

काठमाडौँ — यो साता हामीलाई उत्कृष्ट लागेका ७ तस्बिरहरु । भक्तपुरको सुर्यमढीमा नवदुर्गा नाच अन्तर्गत माछा मार्ने जात्रामा नृत्य प्रदर्शन गर्दै देवगणहरु । तस्बिर: बिजु महर्जन

तनहुँको शुक्लागण्डकी नगरपालिका–२ स्थित सेती नदी घाटमा बालुवा चाल्दै मजदुरहरु । तस्बिर : सम्झना रसाइली

कीर्तिपुर हाइटस्थित बोसान डाँडाबाट साँझको बेला खिचिएको उपत्यकाको दृश्य र पृष्ठभूमिमा देखिएको हिमश्रंखला । तस्बिरः हेमन्त श्रेष्ठ

काठमाडौंको टुँडिखेलमा बिहानको समयमा शारिरिक व्यायाम गर्दै । तस्बिरः दीपक केसी

नेकपा दाहाल नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा राजधानीमा मंगलबार आयोजित शक्ति प्रर्दशनमा सहभागी कार्यकर्ताहरु । तस्बिर:हेमन्त श्रेष्ठ

थारु समुदायको मुख्य पर्व माघीको अवसरमा काठमाडौंको अनामनगरस्थित सांस्कृतिक भेषभूषामा सजिएर पर्व मनाउन आएका थारु युवतीहरु । तस्बिरः अंगद ढकाल

राजधानीको बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा ६ पात्रको एकालाप नाटक मञ्चनमा अभिनय गर्दे कलाकारहरु । कोभिड-१९ का कारण लामो समयसम्म नाटकघरहरु बन्द रहेको कारण करिब १० महिनापछि सामाजिक दुरीकायम राखी नाटक देखाउन सुरु गरिएको छ । तस्बिर : बिजु महर्जन


प्रकाशित : माघ ३, २०७७ १७:५३
प्रतिक्रिया
पठाउनुहोस्