माइतीघरमा नेविसंघको सांकेतिक विरोध प्रदर्शन [तस्बिरहरु]

तस्बिर : सन्जोग मानन्धर

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरेको विरोधमा युवाहरुले सांकेतिक रुपमा प्रदर्शन गरेका छन् । कांग्रेस निकट नेविसंघका युवा कार्यकर्ताहरुले शुक्रबार माइतीघर मण्डलामा डोरी तानेर पछिल्लो राजनीतिक खिचातानीलाई सांकेतिक रुपमा प्रस्तुत गरेका थिए । उनीहरुले प्रतिनिधिसभा विघटनको विराेध गर्नुको साथै बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको तस्बिर पनि प्रदर्शन गरेका थिए । पुस ५ गते प्रतिनिधिसभा विघटनपछि दल र तिनका भ्रातृ संस्थाहरु आन्दोलित बनेका छन् ।


प्रकाशित : माघ २, २०७७ १८:२३
प्रतिक्रिया
पठाउनुहोस्