१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

कमलपोखरीमा ‌स‌ंरक्षणकर्मीको प्रदर्शन [तस्बिरहरु]

तस्बिर : कविन अधिकारी

काठमाडौँ — कमलपोखरीलाई सुन्दर बनाउने नाममा काठमाडौं महानगरपालिले कंक्रिटको जथाभावी प्रयोग गर्न थालेको भन्दै सम्पदा र पर्यावरणप्रति सचेत समूहले सांकेतिक रुपमा प्रदर्शन गरेका छन् । कमलपोखरीको निर्माण कार्य रोकी मौलिक स्वरूपकै पोखरी बनाउनुपर्ने उनीहरुको माग छ । उनीहरुले कमलपोखरी पुनर्निर्माणका क्रममा पोखरीको पानी सुकाइएपछि बाँकी रहेको माटो अनुहारमा पोतेर सांकेतिक रुपमा विरोध जनाएका छन् । रानिपोखरीबाट पाठ नसिकेको भन्दै उनीहरुले लज्जाबोध भएको पनि बताए । जीवनका आधारभूत वस्तु माटो र पानीसँगको आत्मियता जनाउन यस्तो किसिमको कार्यक्रमको आयोजना गरिएको अभियन्ताहरुले बताए ।


प्रकाशित : माघ २, २०७७ १४:४८
प्रतिक्रिया
पठाउनुहोस्