२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

प्रधानमन्त्रीविरुद्ध प्रदर्शनमा उत्रिएका नेविसंघ कार्यकर्ता प्रहरी नियन्त्रणमा [तस्बिरहरु]

तस्बिर : अंगद ढकाल, हेमन्त श्रेष्ठ

काठमाडौँ — प्रतिनिधिसभा विघटनको विरोधमा प्रदर्शनमा उत्रिएका नेविसंघका डेढ दर्जन कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मध्यबानेश्वरमा बुधबार दिउँसो विरोध प्रदर्शनका लागि कपाल मुन्डन गर्ने क्रममा कम्तीमा १५ जना नेविसंघ कार्यकर्तालाई प्रहरीले हस्तक्षेप गरी पक्राउ गरेको हो ।

मन्त्रिपरिषद्को सिफारिसमा पुस ५ गते राष्ट्रपतिले संसद् विघटन गरेपछि नेविसंघ, अखिल र माउ पार्टीहरुसमेत देशव्यापी आन्दोलनमा उत्रिएका छन् । उनीहरुले प्रधानमन्त्रीको संसद् विघटनको कदम असंवैधानिक भन्दै पुनर्स्थापनाको माग गरिरहेका छन् ।


प्रकाशित : पुस २९, २०७७ १७:४०
प्रतिक्रिया
पठाउनुहोस्