कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सिंहदरबारअघि राजावादी र प्रहरीबीच घम्साघम्सी [तस्बिरहरु]

तस्बिर : इलिट जोशी

काठमाडौँ — पृथ्वी जयन्तीका अवसरमा सोमबार राजधानीमा र्‍याली निकालेका राजतन्त्र पक्षधर र प्रहरीबीच झडप भएको छ ।

र्‍यालीसहित सिंहदरबारतर्फ अघि बढेका उनीहरूलाई प्रहरीले निषेधित क्षेत्रमा जान नपाइने भन्दै रोकेपछि विवाद भएको हो । सिंहदरबारस्थित पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्न अघि बढेका उनीहरूलाई प्रहरीले रोक्ने क्रममा झडप भएको हो ।

झडपका क्रममा प्रहरीले लाठीचार्ज प्रदर्शनकारी घाइते भएका छन् । त्यस क्रममा र्‍यालीका सहभागीले प्रहरीविरुद्ध नाराबाजी गरेका थिए ।

हातहातमा राष्ट्रिय झन्डा र पृथ्वीनारायण शाहका ‘दिव्योपदेश’ लेखिएका तस्बिर बोकेका उनीहरूले हिन्दू राष्ट्र र राजतन्त्र स्थापनाको माग गर्दै सडकमा नाचगान गरेका थिए ।


प्रकाशित : पुस २७, २०७७ १३:४८
प्रतिक्रिया
पठाउनुहोस्