कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

स्वस्थ सहरका लागि साइकल अभियान [तस्बिरहरु]

तस्बिर : दीपक केसी

काठमाडौँ — साइकल र वातावरण मैत्री अभ्यास प्रवर्द्धनका लागि साइकल अभियान सुरु भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी), ललितपुर महानगरपालिका, कान्तिपुर मिडिया ग्रुप र साइकल सिटी नेटवर्क नेपालले संयुक्त रूपमा थालेको अभियान शनिबारबाट सुरु भएको हाे । ललितपुरमा साइकल र्‍यालीबाट सुरु भएकाे अभियानलाई कोभिड–१९ महामारीका बेला सहरी गतिशीलता र वातावरण मैत्री जीवनशैलीको विकल्पका रूपमा लिइएको छ । साइकल यात्रा सफा, स्वस्थ र सस्तो यातायातको एक वैकल्पिक माध्यमका रूपमा प्रचार गर्ने लक्ष्य अभियानको छ ।

अभियानमा यति एयरलाइन्स, सानो पाइला, जीडी ल्याब्स् एन्ड रिसर्च, साइक्लिङ सिटिज इन्डियालगायत साझेदारहरूको सहयोग रहेको छ । अभियानले यस कार्यका लागि आगामी दिनमा अझ धेरै स्थानीय सरकार र निजी क्षेत्रको सहभागिता हुने अपेक्षा गरेको छ ।


प्रकाशित : पुस २५, २०७७ १२:२८
प्रतिक्रिया
पठाउनुहोस्