कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

प्रधानमन्त्री ओलीको पुत्ला दहन (तस्बिरहरु)

तस्बिर : अंगद ढकाल, संजोग मानन्धर

काठमाडौँ — प्रतिनिधिसभा विघटनको विरुद्धमा आन्दोलनरत अनेरास्ववियूले बिहीबार प्रधानमन्त्री केपी ओलीको पुत्ला जलाएको छ । पुस २१ गतेदेखि दोस्रो चरणको आन्दोलन सुरु गरेको अनेरास्ववियू आबद्ध विद्यार्थीहरुले बिहीबार काठमाडौं उपत्यकाका प्रदर्शनीमार्गको आरआर क्याम्पस, मिनभवनमा रहेको नेपाल कमर्स क्याम्पससहित देशभर ओलीको पुत्ला दहन गरेका हुन् । पुत्ला दहनका क्रममा प्रहरीले खोस्ने प्रयास गरेको थियो ।

बुधबार पनि उपत्यकामा लाल्टिन जुलुस निकालिएको थियो भने उपत्यकाबाहिर सिटी जुलुस आयोजना गरिएको थियो । पुस ५ गते प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गराइदिएपछि विद्यार्थी र नेकपा (दाहाल-नेपाल) समूह, प्रमुख प्रतिपक्षी कांग्रेस, जनता समाजवादी पार्टीलगायत दलहरु आन्दोलन सञ्‍चालन गरिरहेका छन् । उनीहरुले ओलीको असंवैधानिक, अलोकतान्त्रिक र तानाशाही प्रवृत्तिविरुद्ध आन्दोलन गर्नुपरेको बताएका छन् । यद्यपि संसद् विघटनविरुद्धको मुद्दा सर्वोच्च अदालतमा विचाराधिन छ ।


प्रकाशित : पुस २३, २०७७ १७:४१
प्रतिक्रिया
पठाउनुहोस्