फोटोफिचर

माथि माथि सैलुङमा...[तस्बिरहरु]

काठमाडौंबाट उत्तरपूर्व १२० किलोमिटरमा पर्छ दोलखाको धार्मिक तथा पर्यटकीय स्थल सैलुङ । ३ हजार १४६ मिटर उचाइमा दोलखा र रामेछापको सिमानामा अवस्थित सैलुङबाट धौलागिरी, अन्नपूर्ण, मनास्लु, ग‌णेश, लाङटाङ गौरीशंकर हिमाल छर्लङ देख्‍न पाइन्छ । सैलुङ महाभारत पर्वत श्रृंखलाको अग्लो ठाउँ हो ।

वायु प्रदूषण बढेपछि यस्तो देखियो उपत्यका (तस्बिरहरु)

मौसम धुम्मिएसँगै काठमाडौंमा सोमबारदेखि वायु प्रदुषणको मात्रा अत्यधिक बढ्न थालेको छ । आईक्यू एअरका अनुसार काठमाडौंको वायुमण्डलमा मंगलबार बिहान एअर क्वालिटी इन्डेक्स (एक्यूआई) ४३७ पुगेको छ । विश्वका ५० सहरमध्ये प्रदूषणका हिसाबले काठमाडौं १ नम्बरमा रहेको देखिएको छ । दोस्रो नम्बरमा किर्गिस्तानको बिस्केक, तेस्रो नम्बरमा पाकिस्तानको कराँची, चौथोमा चीनको उहान, पाँचौमा भियतनाममको हनोइ, छैटौंमा बंगलादेशको ढाका, सातौंमा भारतको मुम्बई छ । प्रदूषणका कारण सोमबारदेखि नै सर्वसाधारणहरुले आँखा पोलेको महसुस गरेका छन् ।

पुस १७, २०७७

प्रतिनिधिसभा विघटनविरुद्ध च्याब्रुङ बजाउँदै नागरिक आन्दोलन [तस्बिरहरु]

संसद् विघटनविरुद्ध बृहत् नागरिक आन्दोलनले शुक्रबार माइतीघर मण्डलामा च्याब्रुङ बाजासहित प्रदर्शन गरेको छ । साताव्यापी विरोध कार्यक्रम स्वरुप उनीहरुले च्याब्रुङ बजाउँदै प्रदर्शन गरेका हुन् । बुधबार नाैमती र सोमबार डम्फूसहितको प्रस्तुति थियो । गत पुस ११ गते आरम्भ भएको कार्यक्रममा विभिन्न सचेत बौद्धिक, लेखक, कवि, कलाकार एवं नागरिकहरुको सहभागिता हुँदै आएको छ ।

काठमाडाैंमा राप्रपाको प्रदर्शन [तस्बिरहरु]

राजसंस्था पुनःस्थापना र हिन्दुराष्ट्र स्थापनाका लागि भन्दैमा शुक्रबार राप्रपाले काठमाडौंमा विशाल र्‍याली आयोजना गरेको छ । भृकृटीमण्डपबाट सुरु भएको र्‍याली रत्नपार्कमा पुगेको छ ।

मनाइयो पोसाक दिवस [तस्बिरहरू]

नेपाली मौलिक पहिरनलाई प्रवर्धन गर्नेुपर्ने नारासहित यस वर्ष पनि पोसाक दिवस मनाइएको छ । दिवसका अवसरमा राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपाल र राष्ट्रिय पोसाक संरक्षण महाअभियान नेपालले शुक्रबार राजधानीमा र्‍याली आयोजना गरेका छन् ।

नयाँ वर्षलाई स्वागत : कतै भीड, कतै सुनसान [२१ तस्बिर]

कोरोना महामारीको वर्ष २०२० बिहीबार मध्यरातबाट सकिएर सन् २०२१ सुरु भएको छ । खोपको विकास, परीक्षण र प्रयोग सुरु भएसँगै उपचार सहज भइ आर्थिक–सामाजिक गतिविधि सहज हुनसक्ने वर्षका रूपमा २०२१ लाई हेरिएको छ । -अस्ट्रेलियाको सिड्नी हार्बर ब्रिजमा गरिएको आतिजबाजी [तल]

पुस १६, २०७७

२०२० : २० तस्बिरमा कोभिड कहर

कोभिड–१९ का कारण सन् २०२० महामारी र अनिश्‍चयको वर्ष बन्यो । कोभिडका कारण विश्व नै आक्रान्त बनेका बेला नेपाल यसबाट अछुतो रहन सकेन । कोरोनाका कारण हजारौं संक्रमित भए । कतिले आफन्त गुमाए । धेरैले रोजगारी गुमाए । कर्मथलोलाई छोडेर पैदलै गाउँ फर्किनेको लर्को राजमार्गमा देखियो । परदेशमा रहनेहरु पनि स्वदेश आउन थाले । कोरोना भाइरसले हाम्रो मानसिक र सामाजिक परिवेशमा धेरैथरीका परिवर्तन ल्यायो । कोरोना संक्रमणको जोखिम र भयकै बीच सन् २०२० बिदा हुँदैछ । कान्तिपुरका फोटो पत्रकारहरुले खिचेका यी २० तस्बिरमा कोरोना कहर यसरी देखियो :कोरोना संक्रमणका कारण ललितपुरको पाटन अस्पतालमा ज्यान गुमाएकाहरुको काठमाडौंको पशुपतिस्थित विद्युतीय शवदाह गृह परिसरमा अन्तिम संस्कारअघि सलामी दिँदै सैनिकहरु । तस्बिर : इलिट जोशी [तल]

पुस १५, २०७७

कोरोना जोखिमबीच पोखरामा सडक महोत्सव [तस्बिरहरु]

अंग्रेजी नयाँ वर्षको अवसर पारेर बुधबारदेखि पोखरा सडक महोत्सव सुरु भएको छ । रेष्टुरेन्ट एन्ड बार एसोसिएसन अफ नेपाल (रेवान) पोखराद्वारा आयोजित २२ औं संस्करणको महोत्सव शुक्रबारसम्म चल्नेछ । स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी सडक महोत्सवलाई निरन्तरता दिइएको हो । सडकमै खाऔं, सडकमै नाचौं र रमाऔं भन्ने नारासाथ यसअघि ५ दिन चल्ने महोत्सव अहिले भने ३ दिनमा झारिएको हो । लेकसाडइको हल्लनचोकदेखि बसुन्धरापार्कसम्मको ३ किमि क्षेत्रमा सुरु महोत्सवको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरे ।

संसद् विघटनविरुद्ध नौमती बाजा घन्काउँदै नागरिक आन्दोलन [तस्बिरहरु]

संसद् विघटनविरुद्ध बृहत् नागरिक आन्दोलनले बुधबार नौमती बाजासहित प्रदर्शन गरेको छ । बुधबार दिउँसो माइतीघर मण्डलामा महिला नौमती समूह र काव्यिक प्रतिरोधसहित प्रदर्शन गरिएको हो । साताव्यापी विरोध कार्यक्रम स्वरुप सोमबार डम्फूसहितको प्रस्तुति थियो ।११ गते आरम्भ भएको कार्यक्रममा विभिन्न सचेत बौद्धिक, लेखक, कवि, कलाकार एवं नागरिकहरुको सहभागिता हुँदै आएको छ ।

पुस १४, २०७७

चाकु बनाउन चटारो [तस्बिरहरु]

यमोरी पुन्ही र माघे संक्रान्ति पर्वमा चाकु उद्योगमा भ्याइनभ्याइ हुन्छ । यमोरी पुन्हीको अघिल्लो दिन मंगलबार ललितपुरको टंगालस्थित चाकु उद्योगमा कार्यरत मजदुरहरु चाकु बनाउन व्यस्त थिए । सख्खरबाट बन्ने चाकु नेपाली उद्योगले नै उत्पादन गर्दछ । संक्रान्ति नजिकेसँगै उद्योगमा सञ्चालक र मजदुरको व्यस्तता बढेको देखिन्छ ।

प्रतिनिधिसभा विघटनविरुद्ध दाहाल–नेपाल समूहको प्रदर्शन [तस्बिरहरु]

नेकपा (दाहाल–नेपाल) समूहले मंगलबार प्रतिनिधिसभा विघटनको विरुद्धमा शक्ति प्रदर्शन गरेको छ । काठमाडौंलगायत देशभरि नै समूहले शक्ति प्रदर्शन गरेको छ । काठमाडौंमा उपत्यकामा बिहान साढे ११ बजेदेखि विभिन्न ठाउँबाट जुलुुस सुरु भएका हुन् । टेकु, नयाँबानेश्वर, कुपन्डोल, लैनचौर र नक्शाल, , बागबजार, रत्नपार्कबाट जुलुस भएका थिए ।

नियम कसका लागि ? [तस्बिरहरू]

काठमाडौंको भद्रकालीमा सडक वारपार गर्न आकाशे पुल छ । तर मानिसहरु भने आकाशे पुलको तलबाट ज्यानै जोखिममा पारेर बाटो काटिरहेका हुन्छन् ।