१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

प्रतिनिधिसभा विघटनविरुद्ध च्याब्रुङ बजाउँदै नागरिक आन्दोलन [तस्बिरहरु]

तस्बिर : केशव थापा

काठमाडौँ — संसद् विघटनविरुद्ध बृहत् नागरिक आन्दोलनले शुक्रबार माइतीघर मण्डलामा च्याब्रुङ बाजासहित प्रदर्शन गरेको छ । साताव्यापी विरोध कार्यक्रम स्वरुप उनीहरुले च्याब्रुङ बजाउँदै प्रदर्शन गरेका हुन् । बुधबार नाैमती र सोमबार डम्फूसहितको प्रस्तुति थियो । गत पुस ११ गते आरम्भ भएको कार्यक्रममा विभिन्न सचेत बौद्धिक, लेखक, कवि, कलाकार एवं नागरिकहरुको सहभागिता हुँदै आएको छ ।

सहभागीले 'संविधानमाथि तीरैतीर प्रतिगामीलाई खीरैखीर','न्याय गर्छ म्याउम्याउ सरकार भन्छ उछिट्याउँ', 'जाे रक्षक उही भक्षक', 'संसद् विघटनको दुस्साहस, लोकतन्त्रको उपहास' जस्ता नारा लेखिएका प्लेकार्ड, व्यानर प्रदर्शन गरेका थिए । बृहत् नागरिक आन्दोलनले प्रधानमन्त्री केपी ओलीको पुस ५ गतेको कदमलाई प्रतिगामी र गैरसंवैधानिक शनिबार शंख फुकेर प्रदर्शन गरेको थियो ।

प्रकाशित : पुस १७, २०७७ १६:५४
प्रतिक्रिया
पठाउनुहोस्