२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

मनाइयो पोसाक दिवस [तस्बिरहरू]

तस्बिर : कविन अधिकारी

काठमाडौँ — नेपाली मौलिक पहिरनलाई प्रवर्धन गर्नेुपर्ने नारासहित यस वर्ष पनि पोसाक दिवस मनाइएको छ । दिवसका अवसरमा राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपाल र राष्ट्रिय पोसाक संरक्षण महाअभियान नेपालले शुक्रबार राजधानीमा र्‍याली आयोजना गरेका छन् ।

माइतीघर मण्डलमा जम्मा भएका र्‍यालीका सहभागी पुरुषहरूले दौरा–सुरुवालसहित ढाकाटोपी पहिरेका थिए भने महिलाहरूले ढाका टोपी लगाएका थिए । हातमा नेपाली झन्डा थिए ।

‘पहिरनको पहिचान राष्ट्रिय पोसाक अभियान’, ‘राष्ट्र एक, राष्ट्रको पोसाक किन अनेक ?,’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका उनीहरूले दौरा–सुरुवाल र टोपीलाई राष्ट्रिय पोसाकको मान्यता दिनुपर्ने माग गरेका थिए ।

जागरूक युवा अभियान नेपालले २०७० सालदेखि अंग्रेजी नयाँ वर्षकै दिन टोपी दिवस मनाउन थालेको थियो । यसपटक आठौं दिवस हो ।  दौरा–सुरुवाल, टोपी र गुन्यूचोलोलाई तत्कालीन सरकारले राष्ट्रिय पोसाकको सूचीबाट हटाएपछि अभियानले नेपाली टोपी (ढाका टोपी, भादगाउँले टोपी) लाई राष्ट्रिय पहिचानका रूपमा घोषणा गर्न मागसहित दिवस मनाउन थालेको थियो ।


प्रकाशित : पुस १७, २०७७ १२:३०
प्रतिक्रिया
पठाउनुहोस्