कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९०

नयाँ वर्षलाई स्वागत : कतै भीड, कतै सुनसान [२१ तस्बिर]

रोयटर्स

काठमाडौँ — कोरोना महामारीको वर्ष २०२० बिहीबार मध्यरातबाट सकिएर सन् २०२१ सुरु भएको छ । खोपको विकास, परीक्षण र प्रयोग सुरु भएसँगै उपचार सहज भइ आर्थिक–सामाजिक गतिविधि सहज हुनसक्ने वर्षका रूपमा २०२१ लाई हेरिएको छ । -अस्ट्रेलियाको सिड्नी हार्बर ब्रिजमा गरिएको आतिजबाजी [तल]

थाइल्यान्डको राजधानी बैंककस्थित एक सपिङ मलमा नयाँ बर्षको खुसी मनाउन २०२१ लेखिएको हेडब्यान्ड र कोरोनाबाट जोगिन मास्क लगाएकी एक बालिका । तस्बिर : रोयटर्स

२०१९ को डिसेम्बरमा चीनबाट फैलिएको कोरोना अझै नियन्त्रणमा नआउँदा विभिन्न मुलुकले बर्सेनि भव्यतापूर्वक मनाउने नयाँ वर्षको स्वागतका कार्यक्रम यो पल्ट स्थगन गरे ।

कोरोना भाइरसको इपिसेन्टर वुहानमा नयाँ वर्षको स्वागत गर्न जम्मा भएको भीड तस्बिर : रोयटर्स

विश्वका धेरै मुलुकमा नयाँ वर्षका कार्यक्रम स्थगित गरिए पनि कोरोना भाइरसको इपिसेन्टर मानिएको चीनको वुहानमा भने भव्यताका साथ नयाँ वर्षलाई स्वागत गरिएको छ । नयाँ वर्षलाई स्वागत वुहानको हांको कस्टम हाउस अगाडि नयाँ वर्ष मनाउन भीड जम्मा भएको थियो । कोरोना महामारीका कारण हुबेई प्रान्तको वुहानमा गत वर्षको जनवरीको अन्त्यदेखि अप्रिलको सुरुवातसम्म लकडाउन गरिएको थियो ।

कोरोना भाइरसको इपिसेन्टर वुहानमा नयाँ वर्षको स्वागत गर्न जम्मा भएको भीड तस्बिर : रोयटर्स

अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार २०२० को अन्तिम दिन बिहीबारसम्म कोरोनाबाट ८ करोड २६ लाख ६६ हजार व्यक्ति संक्रमित भए । यीमध्ये १८ लाख ८ हजार १ सय जनाको मृत्यु भयो भने ५ करोड ९७ लाख ६० हजार जना संक्रमणमुक्त भएका छन् । स्वीकृति पाएका विभिन्न कम्पनीबाट उत्पादित कोरोना प्रतिरोधी खोप अमेरिका, रसिया, चीन र क्यानडापछि युरोपमा २७ मुलुकमा लगाउन सुरु भएको छ ।

कोरोना भाइरसको इपिसेन्टर वुहानमा नयाँ वर्षको स्वागत गर्दै तस्बिर : रोयटर्स

कोरोना भाइरसको संक्रमणका कारण बैंककस्थित खाली रहेको एक रेस्टुरेन्ट तस्बिर : रोयटर्स

नयाँ वर्षको स्वागतमा बैंककमा सजाइएको पानीको फोहोरा तस्बिर : रोयटर्स

थाइल्यान्डको बैंककमा सपिङ सेन्टरमा फेस सिल्ड लगाएर प्रस्तुति दिँदै एक कलाकार तस्बिर : रोयटर्स

कोरोना संक्रमणका कारण न्युयोर्कस्थित टाइम्स स्क्वायर तस्बिर : रोयटर्स

न्युयोर्कस्थित टाइम्स स्क्वायरमा डोनाल्ड ट्रम्पको भेषमा एक जना व्यक्ति तस्बिर : रोयटर्स

बैंककमा २०२१ लेखिएको हेडब्यान्ड बेच्दै एक महिला तस्बिर : रोयटर्स

नयाँ वर्षको स्वागतमा बेइजिङको सडक सज्याइँदै तस्बिर : रोयटर्स

नयाँ वर्षको स्वागतमा रुसको मस्कोमा गरिएको आतिसबाजी तस्बिर : रोयटर्स

नयाँ वर्षको स्वागतमा सिँगारिएको भ्याटिकनको सेन्ट पिटर्स स्क्वायर तस्बिर : रोयटर्स

नयाँ वर्षको स्वागतमा उत्तर कोरियाको राजधानी प्योङयाङमा जम्मा भएको भीड तस्बिर : केसीएनए

नयाँ वर्षको स्वागतमा लन्डनस्थित टावर ब्रिजमा गरिएको सजावट तस्बिर : रोयटर्स

नयाँ वर्षको स्वागत गर्दै दुबईस्थित बुर्ज खलिफा टावर तस्बिर : बुर्ज खलिफाको फेसबुकबाट

भारतको मुम्बईमा गुडबाई २०२० लेखिएको पेन्टिङ तस्बिर : रोयटर्स

भारतको अहमदाबादमा प्लास्टिकको चस्मा लगाएर तस्बिर खिचाउँदै एक युवक तस्बिर : रोयटर्स

भारतको अहमदाबादमा नयाँ वर्ष २०२१ लाई स्वागत गर्न कपालमा २०२१ आकृति बनाउँदै हेयरडिजाइनर तस्बिर : रोयटर्स

नयाँ वर्षको स्वागतमा रुसको क्रेमलिनमा गरिएको आतिसबाजी तस्बिर : रोयटर्स


प्रकाशित : पुस १७, २०७७ १२:०८
प्रतिक्रिया
पठाउनुहोस्