३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

कोरोना जोखिमबीच पोखरामा सडक महोत्सव [तस्बिरहरु]

लालप्रसाद शर्मा

पोखरा — अंग्रेजी नयाँ वर्षको अवसर पारेर बुधबारदेखि पोखरा सडक महोत्सव सुरु भएको छ । रेष्टुरेन्ट एन्ड बार एसोसिएसन अफ नेपाल (रेवान) पोखराद्वारा आयोजित २२ औं संस्करणको महोत्सव शुक्रबारसम्म चल्नेछ । स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी सडक महोत्सवलाई निरन्तरता दिइएको हो । सडकमै खाऔं, सडकमै नाचौं र रमाऔं भन्ने नारासाथ यसअघि ५ दिन चल्ने महोत्सव अहिले भने ३ दिनमा झारिएको हो । लेकसाडइको हल्लनचोकदेखि बसुन्धरापार्कसम्मको ३ किमि क्षेत्रमा सुरु महोत्सवको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरे ।

यसअघिको जस्तो फनपार्क, लोकदोहोरी, लाइभ कन्सर्ट भने नगरिने भएको छ । उक्त क्षेत्रको तीन स्थानमा स्टेज बनाएर सांस्कृतिक कार्यक्रम भने गरिने आयोजकले जनाएको छ । डुंगा दौड, टेनिस, तारो हान्ने खेल, बिच भलिवल प्रतियोगिताको आयोजना गरिएको छ । महोत्सवका संयोजक वसन्त गौतमले पोखरा सुरक्षित र खुला रहेको सन्देशसहित तामझाम र भिडभाड नगरी पाहुनाको स्वागत गर्न पर्यटन व्यवसायी तयार रहेको बताए ।


प्रकाशित : पुस १५, २०७७ १७:०४
प्रतिक्रिया
पठाउनुहोस्