२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

संसद् विघटनविरुद्ध नौमती बाजा घन्काउँदै नागरिक आन्दोलन [तस्बिरहरु]

अनिश रेग्मी

काठमाडौँ — संसद् विघटनविरुद्ध बृहत् नागरिक आन्दोलनले बुधबार नौमती बाजासहित प्रदर्शन गरेको छ । बुधबार दिउँसो माइतीघर मण्डलामा महिला नौमती समूह र काव्यिक प्रतिरोधसहित प्रदर्शन गरिएको हो । साताव्यापी विरोध कार्यक्रम स्वरुप सोमबार डम्फूसहितको प्रस्तुति थियो ।११ गते आरम्भ भएको कार्यक्रममा विभिन्न सचेत बौद्धिक, लेखक, कवि, कलाकार एवं नागरिकहरुको सहभागिता हुँदै आएको छ ।

सहभागीले 'संसद् विघटनको दुस्साहस, लोकतन्त्रको उपहास', 'दलको झगडामा संविधानको बली चढाउन पाइँदैन', 'संविधानमाथि तीरैतीर प्रतिगामीलाई खीरैखीर' जस्ता नारा लेखिएका प्लेकार्ड, व्यानर प्रदर्शन गरेका थिए । बृहत् नागरिक आन्दोलनले प्रधानमन्त्री केपी ओलीको पुस ५ गतेको कदमलाई प्रतिगामी र गैरसंवैधानिक शनिबार शंख फुकेर प्रदर्शन गरेको थियो ।


प्रकाशित : पुस १५, २०७७ १६:२७
प्रतिक्रिया
पठाउनुहोस्