१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

प्रतिनिधिसभा विघटनविरुद्ध दाहाल–नेपाल समूहको प्रदर्शन [तस्बिरहरु]

तस्बिर : अंगद ढकाल, तस्बिर : केशव थापा, तस्बिर : हेमन्त श्रेष्ठ

काठमाडौँ — नेकपा (दाहाल–नेपाल) समूहले मंगलबार प्रतिनिधिसभा विघटनको विरुद्धमा शक्ति प्रदर्शन गरेको छ । काठमाडौंलगायत देशभरि नै समूहले शक्ति प्रदर्शन गरेको छ । काठमाडौंमा उपत्यकामा बिहान साढे ११ बजेदेखि विभिन्न ठाउँबाट जुलुुस सुरु भएका हुन् । टेकु, नयाँबानेश्वर, कुपन्डोल, लैनचौर र नक्शाल, , बागबजार, रत्नपार्कबाट जुलुस भएका थिए ।

जुलुसहरु भृकुटीमण्डपमा जम्मा भएका छन् । भृकुटीमण्डपमा अध्यक्षद्वय पुष्पकमल दाहाल, माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाललगायतले सम्बोधन गर्ने कार्यक्रम छ । यो समूहको बिहीबार बसेको केन्द्रीय कमिटीको बैठकले प्रधानमन्त्री र राष्ट्रपतिको कदम असंवैधानिक भएको भन्दै पहिलो चरणको कार्यक्रम अन्तर्गत पुस १४ गते देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको थियो ।


प्रकाशित : पुस १४, २०७७ १३:४०
प्रतिक्रिया
पठाउनुहोस्