कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

नियम कसका लागि ? [तस्बिरहरू]

तस्बिर : अनिस रेग्मी

काठमाडौँ — काठमाडौंको भद्रकालीमा सडक वारपार गर्न आकाशे पुल छ । तर मानिसहरु भने आकाशे पुलको तलबाट ज्यानै जोखिममा पारेर बाटो काटिरहेका हुन्छन् ।

सोमबार पनि सधैँजस्तै दृश्य देखियो भद्रकालीको सडकमा । सडक छेउको रेलिङ नाघ्दै बाटो काटिरहेका थिए सर्वसाधारण र प्रहरी ।

सडक वारपार गर्न नजिकै आकाशे पुल भए पनि सवारी आवागमनको चाप रहने सडक जथाभावी पार गर्दै प्रहरीले नै रेलिङ नाघ्ने गर्दा सर्वसाधारण झन् लापरबाह देखिन्छन् । नियम पालना गराउनेले नै जथाभावी बाटो काटेपछि सर्वसाधारणले उनीहरुकै सिको त गर्ने भए नै । आखिर नियम कसका लागि ?

प्रकाशित : पुस १४, २०७७ ०९:०२
प्रतिक्रिया
पठाउनुहोस्