१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

प्रतिनिधिसभा विघटनविरुद्ध डम्फूसहित नागरिक आन्दोलन [तस्बिरहरु]

तस्बिर : हेमन्त श्रेष्ठ

काठमाडौँ — संसद् विघटनविरुद्ध बृहत नागरिक समूहले‍ साेमबार पनि प्रदर्शन गरेकाे छ । समूहकाे साताव्यापी विराेध कार्यक्रम स्वरुप माइतीघरमा साेमबार डम्फूसहितको प्रस्तुति गरेर कोणसभाको आयोजना गरिएको छ । कार्यक्रममा विभिन्न सचेत बौद्धिक, लेखक, कवि, कलाकार एवं नागरिकहरुको सहभागिता थियाे ।

बृहत् नागरिक आन्दोलनले समूहले संसद् विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमलाई प्रतिगामी र गैरसंवैधानिक भन्दै शनिबार माइतीघर मण्डलमा शंख फुकेर प्रदर्शन गरेको थियाे । बृहत् नागरिक समूहले प्रधानमन्त्री र राष्ट्रपति कार्यालयको मिलिभगतमा गरिएको यो गैरसंवैधानिक र जनविरोधी ‘कू’ले प्रतिगमनतर्फको यात्रालाई ताजा र क्रुर मोड दिएको’ उल्लेख गर्दै विराेधका कार्यक्रमहरुको घोषणा गरेको हो ।


प्रकाशित : पुस १३, २०७७ १५:२३
प्रतिक्रिया
पठाउनुहोस्