२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको प्रदर्शन [तस्बिरहरु]

तस्बिर : दीपक केसी, तस्बिर : हेमन्त श्रेष्ठ

काठमाडौँ — प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसले सोमबार देशैभर प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन गरिएकोविरुद्ध कांग्रेसले सोमबार १६५ निर्वाचन क्षेत्रमै विरोध प्रदर्शन आयोजना गरेको हो ।

कांग्रेसको प्रदर्शनमा सम्बन्धित क्षेत्रका सांसद तथा नेता कार्यकर्ताको उपस्थिति रहेको छ । यसअघि कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले छुट्टा छुट्टै विज्ञप्ति जारी गर्दै सरकारको असंवैधानिक कदमविरुद्ध प्रदर्शनमा उत्रिन अपिल गरेका थिए ।

प्रकाशित : पुस १३, २०७७ १४:०२
प्रतिक्रिया
पठाउनुहोस्