कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

दाहाल-नेपाल समूहद्वारा प्रतिनिधिसभा विघटनविरुद्ध विरोध प्रदर्शन [तस्बिरहरु]

तस्बिर : अंगद ढकाल, तस्बिर : हेमन्त श्रेष्ठ, तस्बिर : केशव थापा

काठमाडौँ — नेकपाको (दाहाल–नेपाल) समूहले प्रतिनिधिसभा विघटनको विरोधमा शुक्रबार बिहान माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ ।

बिहीबार बबरमहलमा केन्द्रीय कमिटी बैठकले संसद् विघटनको विरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्ने प्रस्ताव पारित गरेको हो । दाहाल–नेपाल पक्षका सबै केन्द्रीय कमिटी सदस्य र सांसदहरु माइतीघरमण्डलामा उपस्थित भएका छन् ।

त्यहाँको प्रदर्शनपछि सोही टोली निर्वाचन आयोगमा जाँदैछ । साथै शुक्रबार २ बजे यो समूहले पत्रकार सम्मेलनको आयोजना पनि गर्ने भएको छ ।


प्रकाशित : पुस १०, २०७७ १०:५३
प्रतिक्रिया
पठाउनुहोस्