२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

संसद् विघटनविरुद्ध असनमा जसपाको प्रदर्शन (तस्बिरहरु)

तस्बिर : सन्जोग मानन्धर

काठमाडौँ — प्रतिनिधिसभा विघटनको विरोधमा जनता समाजवादी पार्टीले बुधबार काठमाडौंसहित देशभर प्रदर्शन गरेको छ । राजधानीको असनमा प्रदर्शनमा सहभागीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध चर्को नाराबाजी गरेका थिए । उनीहरुले विभिन्न नारा लगाउँदै सरकारको कदमलाई गलत भन्दै विरोध प्रदर्शन गरेका थिए ।

आइतबार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन् । त्यसपछि राजनीतिक दलहरु आन्दोलनमा उत्रिएका छन् भने सत्तारुढ दल नेकपा भने विभाजन भएको छ । अध्यक्ष केपी शर्मा ओली एकातिर, अर्का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल समूह दुई खेमा विभाजित भएका छन् । दुवै पक्षले केन्द्रीय समिति बोलाएर एकले अर्कोलाई कारबाही र केन्द्रीय समिति विस्तार लगायत समानान्तर गतिविधि अगाडि बढाइएको छ । संसद् विघटनको विषय भने अहिले सर्वोच्च अदालत पुगेको छ ।


प्रकाशित : पुस ८, २०७७ १७:२२
प्रतिक्रिया
पठाउनुहोस्