प्रधानमन्त्री ओलीद्वारा महान्यायाधिवक्ताको कार्यालय उद्घाटन [तस्बिरहरु]

तस्बिर : अंगद ढकाल

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार रामशाहपथस्थित महान्यायाधिवक्ताको कार्यालयको नयाँ भवन उद्‍घाटन गरेका छन् । २०७५ साल असोज २४ गते शिलान्यास भई ७३ करोड ६९ लाख ३५ हजार रुपैयाँमा ठेक्का सम्झौता भई निर्माण सम्पन्न सो भवन राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको केन्द्रीय आयोजनाअन्तर्गत बनाइएको हो । प्रधानमन्त्री ओलीले बुधबार नै सरकारी वकिलको तीनदिने तेस्रो राष्ट्रिय सम्मेलनको पनि उद्घाटन गरेका छन् ।

कार्यक्रममा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, महान्यायाधिवक्ता अग्‍नि खरेललगायत पनि उपस्थित थिए ।


प्रकाशित : पुस ८, २०७७ १५:३७
प्रतिक्रिया
पठाउनुहोस्