१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

संसद् विघटनविरुद्धमा नेकपा निकट विद्यार्थी संगठनको प्रदर्शन [तस्बिरहरु]

तस्बिर : केशव थापा

काठमाडौँ — नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का विद्यार्थी संगठन अनेरास्ववियूको एक समूहले संसद् विघटन विरुद्ध प्रदर्शन गरेको छ । अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेताद्वय माधवकुमार नेपाल, झलनाथ खनाल पक्षीय विद्यार्थीहरुले मंगलबार राजधानीमा प्रदर्शन गरेका हुन् । असंवैधानिक 'कु' खारेज हुनु पर्ने लगायत नारा लगाउँदै माइतीघर मण्डलाबाट सुरु भएको र्‍याली नयाँ बानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्को सिफारिसमा आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्दै नयाँ चुनावको मिति घोषणा गरेकी छन् । यी घटनाबाट सत्तारुढ नेकपाका दाहाल-नेपाल-खनाल एकातिर उभिएका छन् भने अध्यक्ष केपी शर्मा ओली शर्मा अर्का कित्तामा उभिएका छन् । दुवै समूहले मंगलबार छुट्टाछुट्टै केन्द्रीय कमिटी बैठक समेत आयोजना गरेका छन् ।


प्रकाशित : पुस ७, २०७७ १८:४५
प्रतिक्रिया
पठाउनुहोस्