कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

प्रतिनिधिसभा विघटनविरुद्ध काठमाडौंमा प्रदर्शन [तस्बिरहरु]

तस्बिर: प्रकाशचन्द्र तिमिल्सेना, तस्बिर : अंगद ढकाल, तस्बिर : हेमन्त श्रेष्ठ

काठमाडौँ — संघीय संसद्को प्रतिनिधिसभा विघटन भएको निर्णयविरुद्ध काठमाडौंलगायत मुलुकका विभिन्न सहरमा प्रदर्शन सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक, अलोकतान्त्रिक र निरंकुश भएको भन्दै आइतबार दिउँसो ३ बजेदेखि काठमाडौंको माइतीघर क्षेत्रमा नेकपासम्बद्ध विभिन्न जनवर्गीय संगठनका कार्यकर्ता प्रदर्शनमा उत्रिएका हुन् ।

मन्त्रिपरिषद्को सिफारिसमा आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी हुन् । राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गरी प्रतिनिधिसभा विघटन गरिएको जनाएको छ । विज्ञप्तिमा राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६को उपधारा (१) र (७) तथा धारा ८५ बमोजिम प्रतिनिधिसभा विघटन गरिएको उल्लेख छ ।


प्रकाशित : पुस ५, २०७७ १५:३८
प्रतिक्रिया
पठाउनुहोस्