कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

९ महिनापछि पशुपतिनाथ मन्दिर खुला [तस्बिरहरु]

तस्बिर : दीपक केसी

काठमाडौँ — कोरोना महामारीका कारण ९ महिनादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर बुधबारदेखि खोलिएको छ । मन्दिर खोल्नुअघि मंगलबार क्षमापूजा गरिएको थियो ।

लामो समय मन्दिर बन्द राख्नुपरेकाले क्षमापूजा गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । क्षमापूजाका लागि राष्ट्रपति विद्यादेवी भण्डारी मंगलबार बिहान पशुपतिनाथ पुगेकी थिइन् । प्राचीनकालदेखि पशुपतिनाथमा नियमित रूपमा पूजा हुँदै आएकोमा कोरोनाकै कारण रोकिएको थियो ।

मंगलबार क्षमापूजा गरिएसँगै बुधबारदेखि सर्वसाधारणका लागि पशुपतिमा प्रवेश खुला गरिएको हो । पहिलो चरणमा मन्दिरको पश्चिम ढोकाबाट सर्वसाधारणलाई प्रवेश गर्न दिने र सोही ढोकाबाट नै बाहिर निस्कने व्यवस्था मिलाइएको छ ।

मन्दिर प्रवेश गर्नेहरूले मास्क अनिवार्य लगाउनुपर्ने नियम बनाइएको छ । साथै मन्दिर परिसरमा स्यानिटाइजर पनि राखिएको छ । मन्दिरमा हुने विशेष पूजा, भजनकीर्तनलगायत क्रियाकलाप भने अहिले सुरु नहुने कोषले जनाएको छ ।


प्रकाशित : पुस १, २०७७ ११:३०
प्रतिक्रिया
पठाउनुहोस्