कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

कात्तिक नाच : बराह अवतार देखाइयो [तस्बिरहरु]

प्रशान्त माली, तस्बिर : हेमन्त श्रेष्ठ

ललितपुर — परम्परा अनुसार एक महिना नचाइने प्रसिद्ध कात्तिक नाच यस वर्ष कोभिड–१९ महामारीका कारणले दुई दिन मात्र देखाइने भएको छ । जसअनुसार शुक्रबार बराह अवतार नाच देखाएको छ । शनिबार नृसिंह अवतार नाच देखाइनेछ।

श्रीकृष्ण लिलामा आधारित नाच सिद्धि नरसिंह मल्लले राष्ट्र र जनताको कल्याणार्थका लागि नेपाल सम्वत् ७६१ म सुरु गरेका थिए । सिद्धिनरसिंह मल्लले बराह र नरसिंह डबलीमा प्रर्दशन गर्ने गरी ८ दिन चलाए । उनका छोरा श्रीनिवास मल्ले नेपाल सम्वत ७८७ मा ७ दिन लोकनाटक ‘बा:थ: प्याँख’ थपेर १५ दिन पुर्‍याए । श्रीनिवास मल्लका छोरा योगनरेन्द्र मल्लले माधवान र उषाहरण गरी १५ दिन थपेर कात्तिक महिना भरि एक महिना चलाए । नाच २००६ सम्म एक महिना चलेको थियो । २००७ मा जनक्रान्तिले महिना दिन पूरा चलेन ।

२००८ देखि २०३७ सम्म वराह र नरसिंह अवतार नाच ३० वर्षसम्म २/२ दिन मात्र चल्यो । कात्तिक नाच प्रबन्ध समिति गठन भएपछि २०३८ देखि २०६९ सम्म प्रत्येक वर्ष ८/८ दिन चल्यो । २०७० मा दुई दिन वस्त्रहरण र बौद्ध लीला थपेर १० दिन र २०७१ देखि २०७६ सम्म १२ दिन सञ्चालन भएको थियो । समितिको यस वर्ष एक महिना सञ्चालन गर्ने लक्ष्य थियो । बराह अवतारमा हिरण्यकश्यपाको बध र नृसिंहमा हिरण्यकश्यपको बध गरिएको दृश्य देखाएको छ । नृसिंह नाचमा कृष्ण मन्दिरका पुजारीले अभिनय गर्ने चलन छ ।


प्रकाशित : मंसिर १३, २०७७ ११:५७
प्रतिक्रिया
पठाउनुहोस्