कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

तस्बिरमा नेपालगन्ज म्याराथन

सशस्त्रका गोपीचन्द्र र पुष्पालाई उपाधि
तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना

नेपालगन्ज — छैटौं नेपालगन्ज म्याराथन सम्पन्न भएकाे छ । यसपटक नेपालगन्ज म्याराथनकाे उपाधि सशस्त्र प्रहरीका गोपीचन्द्र पार्कीले हात पारेका छन् । निर्धारित दूरी २ घण्टा १८ मिनेट ५९ सेकेन्डमा पूरा गरेर शनिबार बिहान भएको प्रतिस्पर्धामा पार्की पहिलो भएका हुन्  । उनी १३ औं सागका स्वर्णपदक विजेता पनि हुन् । नेपालगन्ज म्याराथनमा प्रथम भएका पार्की जापानको टोकियोमा हुने ओलम्पिकमा सहभागी हुनेछन् ।

नेपालगन्ज म्याराथनका पूर्व विजेता नेपाली सेनाका कृष्ण बस्नेत दोस्रो भए । उनले निर्धारित दूरी २ घण्टा २० मिनेट ४९ सेकेण्डमा पूरा गरेका थिए । पहिलो स्थान हात हात पारेसँगै गोपीले ७५ हजार रुपैयाँ हात पारे । दोस्रो भएको बस्नेतले ३० हजार तथा तेस्रो भएको खगेन्द्र भाटले २० हजार रुपैयाँ प्राप्त गरे । चौथो भएका नवराज साउदले १०, पाचौं भएको ज्ञानप्रसाद भट्टराईले ८, छैटौंले ७, सातौंले ६ र आठौं हुनेले ५ हजार रुपैयाँ प्राप्त गरे ।

महिला हाफ म्याराथनको उपाधि भने विभागीय टोली एपीएफकी पुष्पा भण्डारीले हात पारेकी छन् । पुष्पाले निर्धारित दूरी १ घण्टा २६ मिनेट ५४ सेकेन्डमा पूरा गर्दै प्रथम स्थान हासिल गरेकी हुन्। १३ औं सागमा रजत पदक विजेता पुष्पाले उपाधिसँगै ३० हजार रुपैयाँ प्राप्त गर्नेछिन् । दोस्रो स्थान कर्णाली प्रदेशकी मन्जु रावतले प्राप्त गरिन् । जुम्लाकी धाविका मन्जुले १ घण्टा ३० मिनेट ७ सेकेन्डमा दूरी पूरा गर्दै १५ हजार रुपैयाँ हात पारिन् ।


प्रकाशित : मंसिर ६, २०७७ १४:०७
प्रतिक्रिया
पठाउनुहोस्