कीर्तिपुरमा नेपाल स‌ंवत् ११४१ मनाइँदै [तस्बिरहरू]

तस्बिर : बिजु महर्जन

काठमाडौँ — नेपाल सम्वत ११४१ को आवागमनलाई कीर्तिपुरको थां बहा:मा विभिन्न सांस्कृतिक झाँकीहरुसहित मनाइएको छ । कोभीड- १९ महामारीका कारण यो वर्ष सुरक्षाको सम्पुर्ण मापदण्ड अप्नाएर कम मानिसहरुको उपस्तिथिमा छोटो समयमा सकिने गरि मनाइएको स्थानीयले बताएका छन् ।


प्रकाशित : मंसिर १, २०७७ १२:४३
प्रतिक्रिया
पठाउनुहोस्

मुगुमा मंसिरमै हिउँ

राजबहादुर शाही

मुगु — सोरु गाउँपालिका–२ जडेपानी गाउँका राजेन्द्रबहादुर शाही सोमबार बिहानै रारा विमानस्थल वरपर सेताम्य हिउँ देख्न पाउँदा दंग परे । गाउँदेखि नेपालगञ्ज झर्न विमानस्थल पुगेका उनी मंसिरमै हिउँ देख्न पाएपछि निकै उत्साहित देखिए ।

चिसोलाई वास्ता नगरी शाही हातमा मोबाइल लिएर सेताम्य हिउँमा सेल्फी र तस्वीर खिच्दै रमाए । ‘मंसिरमै हिउँको फोटो खिच्न पाइयो,’ शाहीले भने, ‘भाइटिकाको दिनमा यसरी हिउँले सेताम्य होला भन्ने सोचेकै थिइनँ ।’


आइतबार मध्यरातदेखि मौसममा बदली भई रारा, मुर्मा, ताल्चा, चुचुमारेलेक, घुच्चीडाब, बाम, चंखेली लेक, मुगु, डोल्फु, छायाँनाथ, लगायत क्षेत्रमा ३ इन्च हिउँ परेको हो । गत भदौदेखि सुक्खा देखिएका मुगुमा डाडाकाँडा र जंगलहरु हिउँले सेताम्य देखिएका छन् । रारा घुम्न आएका आन्तरिक पर्यटकहरु हिउँमा रमाएका छन् ।


विगत बर्षहरुमा पुस, माघ, फागुन महिनामा हिउँ पर्ने गर्थ्यो । मंसिरमै हिउँ आएको हुँदा यो वर्ष धेरै हिउँ पर्नसक्ने लक्षण देखिएको ताल्च गाउँका बाँचे महतराले बताए । उच्च पहाडी क्षेत्रमा हिमपात र बेसीतर्फ वर्षा भएकाले किसानहरु खुशी भएको पनि उनले बताए ।

प्रकाशित : मंसिर १, २०७७ १२:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×