कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

यस्तो देखियो लक्ष्मी पूजामा उपत्यका [तस्बिरहरु]

तस्बिर : इलिट जोशी

काठमाडौँ — तिहारलाई झिलिमिली पर्वको रुपमा पनि लिइन्छ । सभासुग्घर र झिलिमिली भएको स्थानमा लक्ष्मीले बास गर्ने विश्वासअनुसार लक्ष्मीपूजाको दिन हरेक घर सक्नेजति सफा र झिलिमिली बनाइन्छ । यस वर्षको लक्ष्मीपूजाको दिन कान्तिपुरका फोटो पत्रकार इलिट जोशीले खिचेको काठमाडौं उपत्यकाको तस्बिर यस्तो छ


प्रकाशित : कार्तिक २९, २०७७ १८:५९
प्रतिक्रिया
पठाउनुहोस्

पशुपतिनाथमा पुगे भारतीय सेना प्रमुख [तस्बिरहरु]

तस्बिर : इलिट जोशी

काठमाडौँ — भारतीय स्थलसेना प्रमुख मनोजमुकुन्द नरवणेले बुधबार अपरान्ह पशुपतिनाथको दर्शन गरेका छन् । नरवणे भारतीय वायु सेनाको विशेष विमान 'इन्डियन एयर फोर्स-३३' मार्फत बुधबार दिउँसो काठमाडौं ओर्लिएका थिए । उनको विमान ११ बजेर ४० मिनेट जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।

भ्रमण दलमा नरवणेकी श्रीमतीसहित चार सदस्य रहेको नेपाली सेनाले जनाएको छ । नेपाल र भारतबीच एकअर्को देशका सेना प्रमुखलाई मानार्थ प्रधानसेनापतिको दर्जाबाट सम्मान गर्ने परम्परा रहँदै आएको छ । त्यही परम्पराअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार भारतीय सेनाध्यक्ष नरवणेलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ ।


प्रकाशित : कार्तिक १९, २०७७ १९:०२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×