कुकुर तिहार मनाइयाे [तस्बिरहरू]
काठमाडौँ — शनिबार कुकुर तिहार मनाइएकाे छ । कुकुर तिहार र नरक चतुर्दशी यमपञ्चकको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको घटबढका कारण यमपञ्चककाे तेस्रो दिन परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रुपमा मूलढोकामा बस्ने ‘श्याम’ र ‘सबल’ नामका कुकुरले सहजरुपमा बाटो छाडिदिने धार्मिक विश्वास छ । कुकुरलाई मीठो खानेकुरा खान दिएर यो पर्व मनाइन्छ ।
ललितपुरकाे भैंसेपाटीमा रहेकाे स्नेहाज केयरमा पनि कुकुर तिहार मनाइएकाे छ । यहाँ १ सय ५० कुकुरलाई फूलमाला र अबिरसहित पुजिएकाे हाे ।