कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अझै कत्ति सहने ? भन्दै देशभर किशोरीहरुको प्रदर्शन [तस्बिरहरु]

तस्बिर : केशव थापा

काठमाडौँ — महिला हिंसा र बलात्कारका घटनाविरुद्ध शनिबार देशभर किशोरीहरुले प्रदर्शन गरेका छन् । विभिन्न क्षेत्रमा आबद्ध किशोरीहरुले कालो पहिरन, कालो पट्टी बाँधेर, प्लेकार्ड तथा ब्यानरसहित दिउँसो ३ बजे काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा प्रदर्शन गरेका हुन् । 

राजाधानीको माइतीघर मण्डलामा अझै कत्ति सहने ? स्वतन्त्र अभियानद्वारा प्रदर्शन आयोजना गरिएको थियो । सातै प्रदेशका करिब ५० जिल्लामा शनिबार दिउँसो ३ बजे एकैचोटी 'फ्ल्यास मब' गर्दै महिला हिंसा र बलात्कारविरुद्ध आवाज उठाइएको कार्यक्रम संयोजक भावना राउतले बताइन् ।


प्रकाशित : कार्तिक २२, २०७७ १७:१८
प्रतिक्रिया
पठाउनुहोस्