२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

जारी छ खुलामञ्चमा खाना खुवाउने अभियान [तस्बिरहरु]

संजोग मानन्धर

काठमाडौँ — बुधबार हन्ड्रेट्स ग्रुपका स्वयंसेवकहरुले राजधानीको खुलामञ्चमा गरिब तथा असायहरुलाई खाना खुवाएका छन् । कोरोना संक्रमणको जोखिम बढेको, फोहोर भएको भन्दै महानगरपालिकाले खुलामञ्चमा खाना नखुवाउन भन्दै आएको छ । खाना खुवाउने अभियानमा रोक लगाउन खोजेपछि महानगरको चौतर्फी विरोध भएको छ ।

विरोध भएपछि महानगरपालिकाले तिहारसम्म खुलामञ्चमै खाना खुवाउन भनेको छ । तिहारपछि होटल बुकिङ गरेर भएपनि व्यवस्थापन गर्ने महानगरपालिकाले प्रतिबद्धता जनाएको खाना खुवाउने अभियानका अभियानकर्मीहरुले बताएका छन् ।महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सोमबार पत्रकार सम्मेलन नै गरेर अन्य ठाउँमा व्यवस्थापन गर्न अग्रह गर्दै आवश्यक सहयोग महानगरले गर्ने बताएका थिए ।


प्रकाशित : कार्तिक १९, २०७७ १९:१८
प्रतिक्रिया
पठाउनुहोस्