१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

मखमली मौसम [फोटोफिचर]

शब्द/तस्बिर : केशव थापा

भक्तपुर — भक्तपुरको गुण्डुमा तिहारका लागि मखमली फूल टिप्न र माला उन्न स्थानीय महिलाहरुलाई यतिबेला भ्याइनभ्याइ छ । काठमाडौं, ललितपुर र स्थानीय व्यापारीहरु मखमली फूलको माला हेर्दै मोलमोलाइ गर्न ब्यस्त देखिन्थे । गुन्डुमा वर्षेनी मखमली फूलको खेती गरिँदै आएको छ ।

मखमली फूललाई तिहारको विशेष प्रतीकका रुपमा लिइन्छ । २० वर्षदेखि ब्यावसायिक रुपमा मखमली फूलको खेती गर्दै आएकी कमला बस्नेत राम्रो दाम आएको समयमा एक रोपनी जग्गाबाट वार्षिक करिब १ लाखसम्म आम्दानी गर्न सकिने बताउँछिन् ।


प्रकाशित : कार्तिक १८, २०७७ १८:५३
प्रतिक्रिया
पठाउनुहोस्