कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

'यतै घमाइलो, उतै घमाइलो'

रासस

काठमाडौँ — शरद ऋतु । न एकदम जाडो न त धेरै गर्मी । छ्याङ्ग खुलेको मौसम । निलो आकाश । पारिलो घाम । त्यसैले त यो ऋतुलाई ऋतुहरुको राजा पनि भन्ने चलन छ । यो ऋुतमा जहाँ पुगेर जुन एंगलमा फोटो खिचे पनि सुन्दर आउँछ । राष्ट्रिय समाचार समितिका फोटोपत्रकारले देशका विभिन्न ठाउँबाट खिचेर पठाएका केही तस्बिरहरु :

मौसम सफा भएपछि बिहीबार काठमाडौै कीर्तिपुरबाट देखिएको दृश्य ।

मौसम सफा भएपछि बिहीबार काठमाडौं कीर्तिपुरबाट देखिएको दृश्य । सफा मौसममा उपत्यकाबाट उत्तरतिर रहेका जुगल, हिमचुली, सगरमाथा, मनास्लु, गौरीशङकरलगायतका हिमाल देखिन्छ ।

पोखराको आकाशमा प्याराग्लाइडिङ गर्दै आन्तरिक पर्यटक ।

बागलुङ बाङ्गेचौर अदुवाबारी झोलुङ्गे पुलको बीचबाट बुधबार बिहान देखिएको धौलागिरी हिमाल र कालीगण्डकीको मनोरम दृश्य ।

काठमाडौंको उत्तरपूर्वी भेगस्थित शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जसँग जोडिएको प्राकृति सौन्दर्यले भरिपूर्ण तारेभिरमा पिङ्मा रमाउँदै ।

पोखरा महानगरपालिका-१८ सराङकोटबाट देखिएको फेवाताल र तालमाथि उडिरहेका प्याराग्लाइडिङको दृश्य । आन्तरिक पर्यटकलाई लक्षित गरेर सस्तो प्याकेजमा पोखरामा प्याराग्लाइडिङ उडान भएको छ ।

म्याग्दीको बेनी नगरपालिका– २ ज्यामरुककोटमा अवस्थित ऐतिहासिक खड्गभवानी कोत परिसरबाट देखिएको धौलागिरि हिमाल ।

पोखरा महानगरपालिका-६ लेकसाइडमा बुधबार साँझपख आकाशमा देखिएको कागको बथान ।


प्रकाशित : कार्तिक १४, २०७७ ११:३१
प्रतिक्रिया
पठाउनुहोस्