३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

उपत्यकाका किसानलाई धान भित्र्याउने चटारो [तस्बिरहरु]

तस्बिर : केशव थापा

काठमाडौँ — काठमाडौं उपत्यकामा कोरोना संक्रमणको दर बढेपनि कौठ क्षेत्रमा भने यसको असर परेको छैन । कोरोना कहरमा रहँदै गर्दा रोपेको धान चाडपर्व आउँदै गर्दा भने थन्क्याउन उपत्यकाका किसानहरुलाई भ्याईनभ्याई छ ।

असोज महिनामा मनाइने दसैं यसपटक अधिकमासको कारण एक महिना पर धकेलिएपछि किसानहरु दोहोरो हतारमा छन् । एकातर्फ कोरोनाको जोखिमसँगै पाकेको धान उठाउन हतार छ भने अर्कोतर्फ दसैं नजिकिएर पर्व मनाउने हतार छ ।

काठमाडौं उपत्यकामा असारमा धान रोपेर कात्तिकभित्र थन्काइसक्ने चलन छ । उपत्यकामा चिसो छिटो बढ्ने र कात्तिकमा पानी परे धान भुईमा झरेर नष्ट हुने भएकाले पनि पाकेको धान हतार हतार उठाउने गरिन्छ ।


प्रकाशित : कार्तिक ६, २०७७ १८:२७
प्रतिक्रिया
पठाउनुहोस्