कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खसीबोकाको स्वास्थ्य परीक्षण [तस्बिरहरू]

तस्बिर : बिजु महर्जन

काठमाडौँ — राजधानीको प्रदर्शनीमार्गस्थित टुकुचामा दसैंमा बिक्रीका लागि ल्याइएका खसी, बोकामा महानगरका कर्मचारीद्वारा रगतको नमुना संकलन गरिएकाे छ । यहाँ खोटाङ, नेपालगन्ज, सिन्धुपाल्चोक, इलाम, काठमाडाैं लगायत विभिन्न जिल्लाबाट खसी बोका ल्याइएका छन् । स्वच्छ मासु र पशुजन्य खाद्यवस्तुका लागि पशुजन्य पदार्थ र उत्पादन सामाग्रीको नमुना संकलन र परीक्षण थालनी गरिएको हो  ।

लिइएको रगतको नमुनाबाट खोरेत प्रयोगशाला र त्रिपुरेश्वरस्थित केन्द्रीय प्रयोगशालामा पठाएर एफएमडी (खोरेत), पिपिआरलगायत रोग परीक्षण गरिन्छ । यसबाट कुन—कुन जिल्लाका पशुमा कस्ता—कस्ता खालका समस्या छन् । थाहा पाउन सकिन्छ । यससँगै चौपायाको स्वास्थ्य परीक्षण गरेर निरोगीको सिङ्मा हरियो र रोगीको सिङ्मा रातो रङ्ग लगाइन्छ । नमुनाको नतिजा आउन ४ दिनकाे समय लाग्छ ।


प्रकाशित : कार्तिक ६, २०७७ ११:३१
प्रतिक्रिया
पठाउनुहोस्