कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

सहुलियत दरमा खसीबोका बिक्री सुरु [तस्बिरहरु]

तस्बिर : अंगद ढकाल

काठमाडौँ — सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सोमबारदेखि खसीबोका बिक्री सुरु गरेको छ। बजारमूल्यको तुलनामा संस्थानले प्रतिकिलो करिब १०० रुपैयाँ सस्तोमा खसी बेचिरहेको छ ।

‘मूल्य निर्धारण गर्नुअघि सबै बजार विश्लेषण गर्‍यौं, बजारमा प्रतिकिलो साढे ६ सय रुपैयाँसम्ममा बिक्री गरेको देखियो,’ कम्पनीका बिक्रीवितरण विभाग प्रमुख भीम थापाले भने, ‘खाद्य कम्पनीले भने उपभोक्तालाई प्रतिकिलो ५ सय ५० रुपैयाँमा बिक्री गर्ने निर्णय गरेको छ ।’

दसैंलाई लक्ष्य गरी खाद्यले हरेक वर्ष खसीबोका तथा च्यांग्रा बिक्री गर्दै आएको छ । खाद्यले बिक्री गर्ने खसीबोकाको संख्या न्यून रहे पनि मुख्य उद्देश्य बजार हस्तक्षेप अर्थात् मूल्य नियन्त्रण गर्न रहेको उनले बताए । ‘चाडपर्वमा खसीबोका बिक्री गर्नुको उद्देश्य नै बजारभाउ बढ्न नदिनु नै हो ।

कम्पनीकी प्रवक्ता शर्मिला न्यौपानेले भनिन्, ‘आइतबार ४ सय ५ वटा खसीबोका आइसकेका छन् । सोमबारदेखि नै बिक्री सुरु गरेका छौै।’

आइतबार ल्याइएका खसीबोका तुलसीपुर र हेटौंडाका हुन् । ठाउँअनुसार प्रतिकिलो ५ सय ३५ देखि ५ सय ६० रुपैयाँसम्ममा खरिद गरिएको उनले जानकारी दिइन् ।


प्रकाशित : कार्तिक ३, २०७७ १३:०३
प्रतिक्रिया
पठाउनुहोस्