कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

हनुमान ढोकाको दसैं घरमा जमरा राखियो [तस्बिरहरु]

तस्बिर : सन्जोग मानन्धर

काठमाडौँ — नवरात्रको पहिलो दिन घटस्थापनाको अवसरमा घरघरमा दसैंको जमरा राखिएको छ । दसैंको पहिलो दिन घटस्थापनाका अवसरमा घरघरमा जमरा राख्‍ने गरिन्छ । यही अवसरमा काठमाडौंको हनुमान ढोकास्थित नासल चोकमा रहेको दसैंघरमा पनि जमरा राखिएको छ ।

बिहानै नित्यकर्म गरी नजिकको नदी वा चोखोस्थलबाट बालुवा वा माटो ल्याइ गाईको गोबरले लिपपोत गरिएको कोठामा वा दसैंघरमा जमरा रोप्ने गरिन्छ । घटस्थापना गर्दा पूजाकोठा वा दसैं घरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।

नवरात्रभर दुर्गाका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको विधिपूर्वक पूजाराधना गरिन्छ । महाकाली शक्ति, महालक्ष्मी धनधान्य र ऐश्वर्य तथा महासरस्वतीलाई विद्या र बुद्धिको प्रतिकका रुपमा पूजाराधना गर्ने वैदिक कालदेखिको परम्परा छ ।


प्रकाशित : कार्तिक १, २०७७ १४:०९
प्रतिक्रिया
पठाउनुहोस्