१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

रातमा धपक्कै रानीपोखरी [तस्बिरहरू]

तस्बिर : अंगद ढकाल

काठमाडौँ — साँझको समयमा चारैतिर बलेको बत्तीले रानीपोखरी मनमोहक देखिएको छ । पोखरीको मध्य भागमा रहेको बालगोपालेश्वर मन्दिरमा यही असोज १५ गते बिहान ८ बजेको साइतमा गजुर राखिएको थियाे ।

अहिले रानीपोखरी वरिपरि सरसफाइ र सजावटको काम धमाधम भइरहेको छ । दसैंअघि नै राष्ट्रपतिद्वारा रानीपोखरीको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । पोखरी २०७२ सालको भूकम्पमा क्षतिग्रस्त भएको थियो । रानीपोखरी पुनर्निर्माण उपभोक्ता समितिका सचिव रोशनकाजी तुलाधारले यस वर्षको भाइटीकाबाट रानीपोखरी पूर्ण रुपमा खुला हुने बताएका छन् ।


प्रकाशित : आश्विन ३०, २०७७ २१:१५
प्रतिक्रिया
पठाउनुहोस्