कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

'डिकमिसन' गरिएको सेनाको एमआई-१७ हेलिकप्टर गुडाएर खरिपाटी लगियो [तस्बिरहरु]

तस्बिर : अंगद ढकाल

काठमाडौँ — नेपाली सेना एमआई-१७ हेलिकप्टर सेवामुक्त(डिकमिसन) गरिएको छ । बिहीबार राति ८ बजे उक्त हेलिकप्टरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गुडाएर सैनिक प्रतिष्ठान खरिपाटी लगिएको हो । हेलिकप्टरलाई विमानस्थलबाट सिनामंगल-कोटेश्वर-सल्लाघारी-जगाती हुँदै खरिपाटी लगिएको नेपाली सेनाका प्रवक्ता सन्तोष वल्लभ पौडेलले बताएका छन् ।


प्रकाशित : आश्विन २९, २०७७ २२:०७
प्रतिक्रिया
पठाउनुहोस्

प्यूठानमा एकैदिन ५२ जना संक्रमित 

गिरुप्रसाद भण्डारी

प्यूठान — प्यूठानमा एकैदिन ५२ जना कोरोना संक्रमित थपिएका छन् । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको पीसीआर परीक्षणमा ९ महिला र ४३ पुरुषमा कोरोना देखिएको जिल्ला स्वास्थ्य कार्यलय प्यूठानका प्रमुख विशाल सुवेदीले जानकारी दिए । 

स्वास्थ्य कार्यालयका अनुसार बिहीबार सरुमारानीका २२, ऐरावतीका १४, झिमरुकका ११ र नौबहिनीका ५ जना कोरोना संक्रमित पुष्टि भएका छन् । योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ६ सय ८९ पुगेको छ । हाल जिल्लाभर सक्रिय संक्रमित १ सय ३१ जना छन् । अरु निको भएर घर गएका छन् । २ जना सक्रमितको मृत्यु भएको छ ।

प्रकाशित : आश्विन २९, २०७७ २१:११
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×