साताका ७ तस्बिर

यस साताका ७ तस्बिरमा चंगा उडाउँदै गरेका बालबालिकादेखि डा. गाेविन्द केसीकाे अनशनसम्म :
कान्तिपुर संवाददाता

काठमाडौँ — चाँगुनारायण नगरपालिका दुवाकोटस्थित पाकेको धानखेतको बीचमा रहेको माटोको डिलमा बसेर चंगा उडाउँदै बालबालिकाहरू । तस्बिर : अंगद ढकाल

टिचिङ अस्पातलमा अनशनरत डा. गोविन्द केसी । तस्बिर : कबिन अधिकारी

बलात्कारका विरुद्ध पाटन दरबार परिसरमा प्ले कार्ड बोकेर शान्तिपूर्ण प्रदर्शनमा सहभागी एक युवती । तस्बिर : सन्जोग मानन्धर

भक्तपुरको गुण्डुमा मखमली फूल टिप्दै महिला । यस वर्ष अधिकमास परेका कारण दसैं तिहार पछि सरेका छन् । तिहारका लागि किसानले रोपका फुलहरु फुल्न थालेपछि बजार पाउन गाह्रो रहेकाे बताएका छन् । तस्बिर : हेमन्त श्रेष्ठ

ललितपुरको सुनाकोठीमा बिहीबार डोजरले माटो सम्याउँदै । बढ्दो शहरीकरणसँगै उपत्यकामा खेतीयोग्य र भिराला जमिनसमेत घडेरीको लागि प्लटिङ गरी बेच्ने काम दिन प्रतिदिन बढ्दो छ । तस्बिर : केशव थापा

टेकुस्थित वाग्मती नदीको किनारबाट पानी निकाल्दै बालिका । तस्बिर : अनिश रेग्मी

कपिलवस्तु नगरपालिका–२ स्थित बर्दहवामा मुखमा मास्क लगाएर टायर गुडाएर खेल्दै बालकहरू । काेराेना संक्रमणबाट बच्न चिकित्सकहरूले मास्क लगाउन सल्लाह दिने गरेका छन् । तस्बिर : मनाेज पाैडेल


प्रकाशित : आश्विन २४, २०७७ १७:३९
प्रतिक्रिया
पठाउनुहोस्