कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

छम्पीका किसानलाई धान भित्राउने चटारो [तस्बिरहरू]

तस्बिर : अंगद ढकाल

काठमाडौँ — ललितपुर गोदावरी नगरपालिका छम्पीका किसानहरू यतिबेला धान काट्नमा व्यस्त छन् । उपत्यका आसपासका काठ क्षेत्रमा खेतहरु पाकेका धानले पहेँलपुर भएका छन् । दसैं नजिकिँदै गर्दा अहिले काठ क्षेत्रका किसानलाई धान भित्राउने चटारो छ । यसपालि समयमै पर्याप्त पानी कारण धान राम्रो फलेको किसानहरु बताउँछन् ।


प्रकाशित : आश्विन १९, २०७७ १७:५०
प्रतिक्रिया
पठाउनुहोस्

कोरोना प्रभाव : छतमा गौरा

तस्बिर : अंगद ढकाल

काठमाडौँ — नेपालको सुदूरपश्चिम प्रदेशमा गौरा पर्व विशेष उल्लासका साथ मनाइन्छ । महिलाहरूले गौरादेवीको अर्थात शिव र पावतीको प्रतिमालाई टाउको राखेर नाच्ने गर्छन् भने पुरुषले धुमारी, ढुस्को, ठाडो खेल र देउडा खेल्ने गर्छन् । पछिल्ला वर्षहरुमा काठमाडौंकै टुँडिखेलमा धुमधामका साथ मनाउने गरिएको गौरा पर्व यसपालि भने कोरोनाका कारण टुँडिखेलमा मनाइएन ।

गौरा पर्वको अवसरमा काठमाडौंको बुद्धनगरमा घरको छतमा देउडा नाच्दै महिलाहरू ।

कोरोनाले देशको आर्थिक जीवनमात्र होइन सांस्कृतिक जीवनमा पनि असर पारिरहेको छ । यस वर्ष तीज पनि अन्य वर्षजसरी मनाइएन । न त सहर बजारमा मेला लागे न पशुपतिमा नै भिड लाग्यो । समूहमा जम्मा मनाइने चाडबाडलाई कोरोनाले एक्लै मनाउने चाडमा बदलिदिएको छ ।


प्रकाशित : भाद्र १०, २०७७ १६:४४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×