कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डा. केसीको जीवन रक्षाको माग गर्दै त्रिवि शिक्षण अस्पतालका चिकित्सकहरूकाे शान्तिपूर्ण र्‍याली [तस्बिरहरू]

तस्बिर : केशव थापा

काठमाडौँ — डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै साेमबार दिउँसो १ बजेबाट ३ बजेसम्म त्रिवि शिक्षण अस्पताल महाराजगन्जका आवासीय चिकित्सक लगायत डाक्टरहरुले कोभिड–१९ र आकस्मिक बाहेकका सम्पूर्ण गतिविधि छोडेर अस्पताल बाहिर शान्तिपूर्ण र्‍याली गरेका छन् ।

डा. केसीसँग सरकारले वार्ताको वातावरण नबनाए आन्दोल्न अझ सशक्त बनाउने चिकित्सकहरुले बताए ।


प्रकाशित : आश्विन १९, २०७७ १५:२७
प्रतिक्रिया
पठाउनुहोस्

डा. केसीका माग पूरा गर्न भन्दै शिक्षण अस्पतालमा कांग्रेस नेताहरूको धर्ना

कोभिड र इमर्जेन्सीका बिरामीको बाहेकको उपचार छोडेर शिक्षण अस्पतालका स्वास्थ्यकर्मी र्‍यालीमा
कान्तिपुर संवाददाता

काठमाडौँ — स्वास्थ्य शिक्षा र कोरोना नियन्त्रणबारे सरकारसमक्ष विभिन्न माग राखेर त्रिवि शिक्षण अस्पताल महाराजनञ्जमा अनशनरत चिकित्सक डा. गोविन्द केसीको पक्षमा प्रमुख प्रतिपक्षी कांग्रेसले धर्ना दिएको छ । डा. केसीले अगाडि सारेका माग पूरा गर्नुपर्ने माग राख्दै कांग्रेसका नेताहरूले शिक्षण अस्पताल परिसरमा धर्ना दिएका हुन् । 

स्वास्थ्य शिक्षा र कोरोना रोकथाम, नियन्त्रण र उपचारका लागि डा. केसीले उठाएका माग पूरा गर्न सरकारलाई दबाब पुगोस् भनेर धर्ना दिएको कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

२२ दिनदेखि अनशनमा रहेका डा. केसीलाई भेटेपछि कांग्रेसका नेताहरूले धर्ना दिएका हुन् । धर्नामा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा, कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभाग उपप्रमुख शुरेस आचार्य, कलाकार नीर शाह लगायतको सहभागिता रहेको थियो।

डा. केसीका माग पूरा गराउन कांग्रेस सभापति शेरबहादुर देउवाले आइतबार विज्ञप्ति निकालेर प्रधानमन्त्री केपी शर्मा ‌ओलीलाई सार्वजनिक अपील गरेका थिए ।

त्यस्तै, डा. केसीका माग पूरा गर्न र जीवनरक्षा गर्नका लागि भन्दै त्रिवि शिक्षण अस्पतालका आवासीय चिकित्सक लगायतले कोभिडका बिरामीको उपचार र इमर्जेन्सीबाहेकका बिरामीको उपचार बाहेकका सेवा बन्द गरेर र्‍याली गरेका छन् ।

डा. केसीको अनशनप्रति समर्थन गर्दै सरकारलाई माग पूरा गर्नका लागि दबाब दिन त्रिवि शिक्षण अस्पताल र माइतीघर मण्डलामा दिनदिनै प्रदर्शन भइरहेको छ ।

सरकारले भने अहिले अनशनमा बस्ने समय नभएको प्रतिक्रिया दिएको छ । सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले यसअघि नै कोरोना महामारीका बेला डा. केसीका लागि अनशन बस्ने उपयुक्त समय नभएको बताएका थिए ।

प्रकाशित : आश्विन १९, २०७७ १५:२६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×