डा.केसीको समर्थनमा त्रिवि शिक्षण अस्पतालका चिकित्सकहरुद्वारा प्रदर्शन [तस्बिरहरु]

शब्द/तस्बिर : केशव थापा

काठमाडौँ — स्वास्थ्य सेवा र शिक्षामा सुधार माग गर्दै अनशन बसेका सत्याग्रही डा. गोविन्द केसीको समर्थनमा त्रिवि शिक्षण अस्पतालमा चिकित्सकहरुले प्रदर्शन गरेका छन् । चिकित्सकहरूले हातमा कालोपट्टी बाँधेर प्लेकार्डसहित प्रदर्शन गरेका थिए ।

जुम्लामा १९ ‌औं चरणको सत्याग्रह सुरु गरेका डा. केसी त्रिवि शिक्षण अस्पताल छन् । आवासीय चिकित्सकहरुको आयोजनामा गरिएको प्रदर्शनमा अनशनको २१ औं दिन पुगिसक्दा पनि सरकारले कुनै चासो नदेखएकोमा उनीहरुले खेद जनाएका थिए ।चिकित्सकहरुले डाक्टर केसीको जीवन रक्षाका लागि अब जस्तोसुकै कदम चाल्न पनि पछि नपर्ने भन्दै सरकारी रवैयाको विरोध जनाएका छन् ।


प्रकाशित : आश्विन १८, २०७७ १५:१८
प्रतिक्रिया
पठाउनुहोस्

केशर महलमा एनओ‌सी लिनेको भीड

तस्बिर : सन्जोग मानन्धर

काठमाडौँ — नारायणहिटी दरबार संग्राहालय पश्चिम केशरमहल परिसरमा रहेको शिक्षा मन्त्रालयको छात्रवृत्ति शाखामा एनओसी लिने विद्यार्थीहरुको भीड लागेको छ । स्वास्थ्य सुरक्षाका मापदण्ड नअपनाउँदा कोरोना संक्रमणको जोखिम बढेको छ।

सरकारले एनओसी खुला गरेपछि भर्ना भएर विदेश जान नपाएका विद्यार्थीहरुले धमाधाम एनओसी लिइरहेका छन् ।

विद्यार्थीले कक्षा ११ र १२ उत्तीर्ण गरेपछि विदेश अध्ययनका निम्ति एनओसी पाउँछन् । औपचारिक अध्ययन प्रयोजनका निम्ति मात्र हो ।


विद्यार्थीले विदेश पढ्न जानअघि लिइने अनुमतिका पत्रका रुपमा एनओसीलाई लिइएको छ ।


एनओसी लिएपछि विदेशी मुद्रा साट्न पाउँदछन् । त्यसैगरी विद्यार्थी भिसामा विदेश जान लागेका विद्यार्थीले विमानस्थल अध्यागमनमा अनिवार्य रुपमा एनओसी लिएको प्रमाणपत्र पेश गर्नुपर्ने हुन्छ ।


उत्कृष्ट अंक हासिलले मात्र विदेश पढ्न जाने अवसर पाउँछन् । न्यून अंकका विद्यार्थी विकसित मुलुक प्रवेश पाउँदैनन् ।

उपत्यकामा दिनै कोरोना संक्रमितहरुको संख्या बढिरहेपनि सरकारकी कार्यालयहरुमा सामाजिक दूरी नअपनाइकन सेवा दिँदा कोरोना संक्रमणको जोखिम झन् बढेको छ ।

प्रकाशित : आश्विन १८, २०७७ १४:४४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×