रानीपोखरीकाे बालगोपालेश्‍वर मन्दिरमा गजुर राखियो [तस्बिरहरु]

तस्बिर : इलिट जोशी

काठमाडौँ — ०७२ सालकाे भूकम्पमा भत्किएको रानीपोखरीको बालगोपालेश्वर मन्दिरको पुनर्निर्माणको काम अन्तिम चरणतिर पुगेकाे छ । यसैबीच बिहीबार बालगोपालेश्वर मन्दिरमा सुनकाे लेपन भएकाे गजुर प्रतिस्थापन गरिएको छ ।

रानीपोखरी पुर्निर्माण उपभोक्ता समितिका सचिव रोशनकाजी तुलाधारले यस वर्षको भाइटीकाबाट रानीपोखरी पूर्ण रुपमा खुला हुने बताएका छन् । केही साता पहिले पाेखरीमा पहिलाे तहमा पानी भर्ने काम गरिएकाे थियाे ।


प्रकाशित : आश्विन १५, २०७७ १२:०२
प्रतिक्रिया
पठाउनुहोस्

उपत्यकाका ठाउँठाउँमा ‘डिस–इन्फेक्टेन्ट’ [तस्बिरहरु]

तस्बिर : इलिट जोशी

काठमाडौँ — काठमाडौं महानगरपालिकाले कोरोना संक्रमित भेटिएका र जोखिमयुक्त स्थानहरूमा निःसंक्रमित (डिस–इन्फेक्टेन्ट) गर्दै आएको छ । महानगरकाे टोलीले शुक्रबार सुन्धारादेखि सिंहदरबारसम्मका स्थानमा जीवाणुनाशक रसायन छर्किएको छ ।  

टेकु, वीर अस्पताल, कालिमाटी फलफूल बजारलगायत स्थानमा सुरुदेखि नै डिस–इन्फेक्टेन्ट गर्दै आएको महानगरले अहिले अन्य अस्पताल र सार्वजनिक स्थानमा पनि त्यसलाई निरन्तरता दिन थालेको हो ।

यसका लागि दैनिक १० वटासम्म सवारी र उपकरण परिचालन गर्ने गरिएको महानगरले जनाएको छ । ‘कोभिड–१९ संक्रमण रोकथाम र नियन्त्रणका लागि काठमाडौं महानगरपालिकाले ३२ वटै वडामा डिस–इन्फेक्टेन्ट गर्ने र दैनिक ५ वटा टोलीले चनचेतनामूलक सन्देश सम्प्रेषणका लागि माइकिङ गर्ने काम हुँदै आएको छ,’ मेयर विद्यासुन्दर शाक्यले भने, ‘प्रत्येक वडासँग समन्वय गर्न ५ वटा अनुगमन टोलीसमेत परिचालन गरेका छौं ।’


गर्मी मौसममा डेंगुलगायत प्रकोप बढ्ने भएकाले त्यसको नियन्त्रणका लागि पनि डिस–इन्फेक्टेन्ट गर्ने कामलाई निरन्तरता दिएको उनको भनाइ छ ।


नगर प्रहरी महाशाखा प्रमुख धनपति सापकोटाले संक्रमण देखिएका ठाउँ, अस्पताल क्षेत्र र सार्वजनिक स्थानलाई निःसंक्रमण गर्ने कामलाई निरन्तरता दिँदै आएको जानकारी दिए ।


‘मुख्य गरी कालिमाटी, बल्खुलगायत बढी भिडभाड हुने तरकारी बजार, महानगरीय ट्राफिक प्रहरी महाशाखा, अस्पताल क्षेत्र र कोरोना संक्रमित भेटिएका ठाउँलाई प्राथमिकतामा राखेका छौं,’ उनले भने, ‘एकसरो काठमाडौं महानगरका ३२ वटै वडामा पुगिसकेका छौं । वडाबाट माग भएका ठाउँमा पठाउने गरेका छौं ।’


निःसंक्रमण गर्न मापदण्डबमोजिमको रसायन प्रयोग गरिएको उनको भनाइ छ । ‘जनस्वास्थ्य सुरक्षाका लागि यो जरुरी छ । यसलाई हामी भाइरसको संक्रमण निस्तेज नहुन्जेल जारी राख्छौं,’ उनले भने ।




प्रकाशित : भाद्र ५, २०७७ ११:२३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×